मालारानी गा.पा.द्धारा श्री शान्ति मा.वि.का ६ जना विद्यार्थी सम्मानित

मालारानी गाउँपालिका अर्घाखाँचीले शैक्षिक सत्र-२०८० मा उत्कृष्‍ट अङ्क प्राप्‍त गर्ने विद्यार्थीहरुलाई सम्मान गरेको छ।  पालिकाले संविधान दिवस २०८१ असोज ३ गतेको अवसरमा पारि शैक्षिक सत्र-२०८० मा कक्षा ८, १० र कक्षा १२ बाट पालिकामा उकृष्ट अङ्क प्राप्प गर्ने तीन-तीन जना गरि जम्मा ९ जनालाइ नगद पुरस्कार र प्रमाण-पत्र सहित सम्मान गरेको हो।

जसम्मध्ये मालारानी गाउँपालिका वडा नं.-५ बाँगी, आरुखोर स्थित श्री शान्ति माध्यमिक विद्यालयका ६ जना विद्यार्थीहरु सम्मानित भएका छन। कक्षा ८ को पालिका स्तरीय परीक्षामा क्रिष्टिना भुसालले ३.८४ जि.पि.ए प्राप्त गरि पालिका प्रथम र विवेक खड्काले ३.७४ अङ्क प्राप्‍त गर्दै तृतीय स्थान हासिल गर्न सफल भएका थिए।  त्यस्तै  कक्षा १० को अन्तिम परीक्षा SEE मा समिर के.सि.ले ३.७२ जि.पि.ए. प्राप्‍त गरि पालिका द्धितीय स्थान हासिल गर्न सफल भएका थिए।

त्यस्तै राष्ट्रिय परीक्षा बार्डले लिएको कक्षा १२ को अन्तिम परीक्षामा सम्मिलित विद्यार्थीहरु आकृति घिमिरेले ३.५९ जि.पि.ए प्राप्‍त गर्दै पालिका प्रथम, अजय रायमाझिले ३.५७ प्राप्‍त गर्दै द्धितीय र अविना भुसालले ३.५६ जि.पि.ए. प्राप्‍त गर्दै तृतीय स्थान हासिल गर्न सफल भएका थिए।

पालिकाद्धारा यस विद्यालयबाट सम्मानित हुने सम्पूर्ण विद्यार्थीहरुलाई विद्यालयको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दै थप शैक्षिक प्रगतिको शुभकामना व्यक्त गर्दछौं।