तीज विशेष कार्यक्रम अन्तर्ग गित तथा नृत्य प्रतियोगिता सम्पन्‍न

अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वडा नं.-५, बाँगी, आरुखोर अवस्थित श्री शान्ति माध्यमिक विद्यालयमा शुक्रबासरीय अतिरिक्त क्रियाकलाप अन्तर्गत मिति २०८१/०५/१४ गते शुक्रबारका दिन तीज विशेष कार्यक्रम अन्तर्गत खुल्ला गित तथा नृत्य प्रतियोगिता कार्यक्रम सम्पन्‍न भएको छ। विद्यालयको आयोजनामा शुक्रबार तीज विशेष कार्यक्रम अन्तर्गत खुल्ला गित तथा नृत्य प्रतियोगिता कार्यक्रम सम्पन्‍न भएको हो।

प्रतियोगितामा ११ टिमको सहभागिता रहेको थियो जसमध्ये सुस्मि र सुरक्षा आचार्यको टिम प्रथम, बिमला पाण्डेको टिम द्धितीय, प्रशंसा पन्थीको टिम तृतीय अनिसा भुसालको टिम सान्तवना  स्थान हासिल गर्न सफल भएका थिए भने मन्जिता अधिकारी उत्कृष्ट नृत्य प्रस्तुत गर्न सफल भएकी थिइन। नृत्य प्रतियोगितमा निर्णायकको भूमिका निर्वाह विद्यालयका शिक्षकहरु छविलाल घिमिरे, झबिन्द्र बहादुर खड्का र मीना महतले गर्नुभएको थियो।

उक्त कार्यक्रम विद्यालयका प्र.अ. मान बहादुर पाण्डेको अध्यक्षता, विद्यालयका सहायक प्रधानाध्यापक द्वय माधव प्रसाद पन्थी, तारा प्रसाद भुसालको, प्राविधिक धार कम्प्युटर इन्जिनियरिङ्ग तर्फका संयोजक इन्जिनियर जिवन खनालको आतिथ्यता लगाएत विद्यालयका शिक्षक/शिक्षिका लगायत सम्पूर्ण विद्यार्थीहरुको सहभागिता र प्राविधिक धार कम्प्युटर इन्जिनियरिङ्ग तर्फका तर्फका  सहायक प्रशिक्षक/सव इन्जिनियर जय बहादुर रोकायको संचालनमा सम्पन्‍न भएको थियो।