जु.रे.स./यु.रे.स. को पदाधिकारी एवं सदस्यहरु मनोनय।

आज मिति २०८२/०२/०५ गते सोमबारका दिन यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको बैठकले जु.रे.स./यु.रे.स. को पदाधिकारी एवं सदस्यहरु मनोनय गरेको छ। जसको अध्यक्षमा मधुसुदन पराजुली, उपाध्यक्ष मनिषा थापा, सचीव विवेक थापा, सह-सचीव कृष्टिना भुसाल, कोषाध्यक्ष रोहित वि.क. सह-कोषाअध्यक्ष अन्जु भुसाल लगायत १३ सदस्यीय समिति निर्माण भएको छ। उक्त संंस्थालाई प्रभावकारी रूपमा संचालन गर्न शिक्षक नायक मीना महत र सहनायकमा शिक्षक केशव खनाल र संरक्षकमा प्रधानाध्यापक मान बहादुर पाण्डे रहनुभएको छ। सबैलाई हार्दिक बधाई तथा उत्कृष्ट कार्यकालको शुभकामना व्यक्त गर्दछौं।