मिति २०८२/०२/०५ गते सोमबारका दिन यस विद्यालयमा साधारण तथा प्राविधिक धार तर्फ अध्ययनरत विद्यार्थीहरुको भेलाबाट श्री शान्ति बाल क्लबको गठन गरिएको छ। जसको अध्यक्षमा सबिन कुमार खड्का, उपाध्यक्ष बिपना सुनार, सचीव महिमा आचार्य, सहसचिव रोहित वि.क., कोषाध्यक्ष बसन्ता भण्डारी, सह-कोषाध्यक्ष इरा कुँवर लगाएत १९ सदस्यीय समिति गठन गरिएको छ। जसको शिक्षक नायकमा बलराम भुसाल र सह नायक प्रदीप भुसाल रहनुभएको छ। यस कार्यमा सक्रिय सहभागी हुने शिक्षक ज्यूहरु, समितिमा निर्वाचित हुने सम्पूर्ण विद्यार्थी भाइ-बहिनिहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।
विद्यालय प्रशासन
श्री शान्ति माध्यमिक विद्यालय
मालारानी-५, बाँगी, अर्घाखाँची

