जु.रे.स./यु.रे.स को बैठक सम्पन्‍न

यस विद्यालयमा चालु शैक्षिक सत्र २०८१ मा पनर्गठन भएकाव जुनियर रेडक्रस सर्कल/युवा रेडक्रस सर्कलको बैठक मिति २०८१/०५/०६ गते बैठक सम्पन्‍न भएको छ। उक्त बैठकले तोकिएको मापदण्ड पुरा गरि नेपाल रेडक्रस सोसाइटी हंशपुर उपशाखामा विधिवत रुपमा दर्ता गर्नुका साथै आगामी २०८१/०१/१८ गतेका दिन जु.रे.स./यु.रे.स को सामाजिक र विद्यालय स्तरीय भूमिका सम्बन्धमा अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ।

उक्त बैठकमा विद्यालयका प्र.अ./ जु.रे.स./यु.रे.स सर्कलका संरक्षक मान बहादुर पाण्डे, शिक्षक नायक मीना महत लगायत सर्कलका पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको थियो।