अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वडा नं.-५, बाँगी, आरुखोर अवस्थित श्री शान्ति माध्यमिक विद्यालयमा शुक्रबासरीय अतिरिक्त क्रियाकलाप अन्तर्गत आज मिति २०८१/०५/०७ गते शुक्रबार खुल्ला नृत्य प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ। विद्यालयको जु.रे.स./यु.रे.स. को आयोजनामा शुक्रबार नृत्य प्रतियोगिता कार्यक्रम सम्पन्न भएको हो।
प्रतियोगितामा १५ टिमको सहभागिता रहेको थियो जसमध्ये सुस्मिता के.सि. र आशिष जि.एम.को टिम प्रथम, अनुस्का खड्का द्धितीय र मन्जिता अधिकारी, संगिता क्षेत्री, सुरक्षा आचार्य, बास्ना वि.क.को टिमले तृतीय स्थान हासिल गर्न सफल भएका छन। नृत्य प्रतियोगितमा निर्णायकको भूमिका विद्यालयका सहायक प्रधानाध्यापक माधव प्रसाद पन्थि तथा शिक्षक द्वय छविलाल घिमिरे र तुलसा खनालले निर्वाह गर्नुभएको थियो।
उक्त कार्यक्रम जु.रे.स./यु.रे.स. अध्यक्ष प्रशंसा पन्थीको अध्यक्षता, विद्यालयका प्र.अ. मान बहादुर पाण्डेको प्रमुख आतिथ्यता, विद्यालयका सहायक प्रधानाध्यापक द्वय माधव प्रसाद पन्थी र तारा प्रसाद भुसालको विशिष्ट आतिथ्यता, प्राविधिक धार कम्प्युटर इन्जिनियरिङ्ग तर्फका संयोजक इन्जिनियर जिवन खनालको आतिथ्यता तथा विद्यालयका शिक्षक/शिक्षिका लगायत सम्पूर्ण विद्यार्थीहरुको सहभागिता र प्राविधिक धार कम्प्युटर इन्जिनियरिङ्ग तर्फ कक्षा १० मा अध्ययनरत छात्र सचिन श्रेष्ठको संचालनमा सम्पन्न भएको विद्यालयका प्राविधिक धार तर्फका सहायक प्रशिक्षक/सव इन्जिनियर जय बहादुर रोकायले जानकारी दिनुभयो।






