You are currently viewing श्री शान्ति मावि मालारानी काे हिरक महाेत्सव सन्दर्भमा आयाेजित अन्तरक्रिया कार्यक्रम सन्धिखर्क मा सम्पन्न

श्री शान्ति मावि मालारानी काे हिरक महाेत्सव सन्दर्भमा आयाेजित अन्तरक्रिया कार्यक्रम सन्धिखर्क मा सम्पन्न

शान्ति माध्यमिक विधालयकाे हिरक महाेत्सव सन्दर्भमा बाँगिमा जन्म भई सन्धिखर्कमा बसाेबास गर्दै आउनु भएका स्थानीय सँग सन्धिखर्कमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।

सन्धिर्खक नगरपालिका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले प्राविधिक शिक्षा अध्ययन गर्न विदेश जानू पर्ने बाध्यतालाई शान्ति माध्यमिक विधालयले कम्युटर ईन्जिनियर सम्बन्धि कक्षा सञ्चालन गरेर जिल्लाकाे शैक्षिक विकासमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेकाे बताउनुभयाे ।

प्रमुख अतिथि समेत रहनु भएकाे प्रमुख श्रेष्ठले सामुदायिक विधालयकाे शिक्षा स्त्तर खस्कदै जानू दुखद भएकाे भन्दै गम्भीर समीक्षा गर्नुपर्ने बेला आएकाे बताउनुभयाे ।

मालारानी गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराईले मालारानी गाउँपालिका क्षेत्रकाे विकासमा विगतका लामाे समय देखि अथक मेहनत गरेकाे स्मरण गर्दै आगामी दिनमा पनि विकासकाे लागि पर्ने बताउनुभयाे ।
हिरक महाेत्सव सफल बनाउन आफू र संस्थाकाे तर्फबाट पुर्ण सहयाेग रहने अध्यक्ष भट्टराईले प्रतिवद्वता जाहेर गर्नुभयाे ।

शिक्षा समन्वय इकाइका प्रमुख मणिराम पराजुलीले बाँगीका उप्पादन राष्ट्र देखि नै जिल्लामा महत्त्वपूर्ण भुमिका रहदै आएकाे चर्चा गर्नुभयाे ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य नरेन्द्रकुमार क्षेत्रिले गुणस्तरीय शिक्षा प्रदान गर्ने काम गर्ने गरि हामी सबै लागि पर्नुपर्ने बताउनुभयाे । नेकपा एमालेका अध्यक्ष  पिताम्वर भुसालले शान्ति माध्यमिक बिधालय बनाउन सबैकाे महत्त्वपूर्ण भुमिका रहेकाे चर्चा गर्दै विधालयमा स्त्तरबृद्विका लागि सधै लागि पर्ने बताउनुभयाे ।

कार्यक्रममा नेकपा एसका जिल्ला अध्यक्ष रामबहादुर चाैहान,नेपाली काग्रेस जिल्ला काेषध्यक्ष विष्णु क्षेत्रि,बार एसेासियन जिल्ला अध्यक्ष केवि भुसाल,नेकपा (माअोवादी) का देवबहादुर खड्का,नेसपाका जिन्दग खड्का,डाक्टर खगेन्द्र आचार्य ,अभिभावक नेत्र थापा लगायतले हिरक महाेत्सव सफलताको शुभकामना मन्तव्य राख्नुभएकाे थियाे भने पत्रकार महासङघ अर्घाखाँची का उपाध्यक्ष विरेन्द्र केसि, पत्रकार गणेश खनाल,अर्घाखाँची बुलेटिन सवावदाता पूजा केसि लगायत काे उपस्थिति रहेकाे थियाे।