You are currently viewing कक्षा ११ र कक्षा १२ अध्ययनरत विद्यार्थीहरुको एक दिने शैक्षिक अवलोकन भ्रमण

कक्षा ११ र कक्षा १२ अध्ययनरत विद्यार्थीहरुको एक दिने शैक्षिक अवलोकन भ्रमण

विद्यालको वार्षिक कार्ययोजना अन्तरगत आइतबार प्राविधिक धारतर्फका विद्यार्थीहरुलाई जिल्लाको भूमिकास्थान नगरपालिकामा शैक्षिक अवलोकन भ्रमण सम्पन्न भएको हो । स्थानीय निकायबाट जनतालाई प्राप्त हुने गरेका सेवा-सुबिधाहरुको जानकारी, सूचना प्रविधि सम्बन्धि प्रयोग हुने आधुनिक उपकरणहरुको जानकारी, आधुनिक प्रविधिको प्रयोग बाट हुने हुने सेवा प्रबाह, स्थानीय तहमा प्रयोग हुने सूचना तथा संचार प्रविधि र सूचना प्रविधिमा प्रयोग भैरहेका उपलब्ध श्रोत तथा साधन आदि विषयमा केन्द्रित रहेर उक्त शैक्षिक अवलोकन भ्रमण सम्पन्न भएको हो । उक्त कार्यक्रममा भूमिकास्थान नगरपालिकाका सूचना प्रविधी अधिकृत (आइटी अफिसर) चिरञ्जीवी भुसालले नगरपालिका कार्यालयबाट हुने सूचना प्रविधि सम्बन्धि विविध जानकारी दिनु भएको थियो । तेस्तै शिक्षा अधिकृत तुबलाल सपकोटाले नगरपालिका बाट शिक्षा सम्बन्धि भैररहेका र हुने गरेका काम तथा कार्यक्रमको जानकारी दिनु भएको थियो भने नगरपालिकाका कार्यक्रम प्रमुख हरिश्चन्द्र भुसालले नगरपालिकाबाट हुने निति तथा कार्यक्रमर कामहरू कसरी हुने गर्दछन त भन्ने बारेमा जानकारी दिनु भएको थियो ।

तेस्तै कार्यक्रममा बोल्दै भूमिकास्थान नगरपालिकाका नगर प्रमुख झबिलाल थापाले श्री शान्ति मा.वि.ले प्राविधिक धार संचालन गरेर देशको लागि चाहिने प्राविधिक जनशक्ति उत्पादन गरेकोमा खुशी ब्यक्त गर्दै उक्त प्राविधिक जनशक्ति जिल्लाको मात्र नभई देशको सम्पत्ति भएको भन्दै विद्यालयलाई धन्यवाद प्रकट गर्नु भएको थियो ।

तेस्तै कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक मान बहादुर पाण्डेले विद्यालयको आमन्त्रणलाई स्वीकार गर्दै कार्यक्रमको आयोजना गरेर स्थानीय निकाय बाट हुने गरेका सूचना प्रविधि सम्बन्धि जानकारी र आधुनिक प्रविधिको प्रयोगबाट हुने सेवा प्रवाहसम्बन्धि जानकारी गराएकोमा नगरपालिका परिवारलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

तेस्तै उक्त कार्यक्रममा विद्यार्थीहरुको तर्फबाट कक्षा-१२ मा अध्ययनरत छात्रा आकृती घिमिरे र कक्षा-११ मा अध्ययनरत छात्र प्रविन केसिले नगरपालिका बाट हुने गरेका सेवा प्रबाह थाहा सूचना प्रविधि सम्बन्धि जानकारी गराएकोमा र विद्यालयले कार्यक्रमको आयोजना गरेर शैक्षिक अवलोकन भ्रमण गराएकोमा धन्यवाद समेत व्यक्त गरेका थिए ।

उक्त कार्यक्रम विद्यालयका प्रधानाध्यापक मान बहादुर पाण्डेको अध्यक्षता, भूमिकास्थान नगरपालिकाका नगर प्रमुख झबिलाल थापाको प्रमुख आतिथ्यता, प्रमुख प्रशासकीय अधिकृत खिमानन्द आचार्यको विशिष्ट आतिथ्यता र विद्यालयका प्राविधिक धार तर्फका संयोजक इन्जिनियर जीवन खनालको संचालन तथा विद्यालयका शिक्षक तथा प्रशिक्षकहरु र प्राविधिक धार तर्फ कक्षा ११ र १२ मा अध्ययनरत ५६ जना विद्यार्थीहरुको उपस्थितिमा सम्पन्न भएको प्राविधिक धारतर्फका सहायक प्रशिक्षक सब-इन्जिनियर जय बहादुर रोकायले जानकारी दिनुभयो