यहि मिति २०८१/०५/26 गते बुधबारका दिन यस विद्यालयको साधारण धार तर्फ चालु शैक्षिक वर्ष-२०८१ मा कक्षा (६-१०) मा अध्ययनरत अभिभावकहरुको भेला भव्य र सभ्य रुपमा सम्पन्न भएको छ। भेलामा प्रथम त्रैमासिक परीक्षामा आफ्ना नानीबाबुहरुले प्राप्त गरेको शैक्षिक उपलब्धी र अन्य समसामायिक शैक्षिक विषयमा व्यापक अन्तर्क्रिया समेत सम्पन्न भएको थियो। सो कार्यक्रमको अध्यक्ष्यता विद्यालयका प्र.अ. मान बहादुर पाण्डे र संचालन शिक्षक बसन्त बहादुर खड्काले गर्नुभएको थियो। कार्यक्रममा अभिभावकहरु बसन्त भुसाल, विष्णु प्रसाद भुसाल, रीता खड्का, हरि बहादुर चौहान, काशिराम खड्का लगायतले आफ्नो अभिमत व्यक्त गर्नुभएको थियो। विद्यालयका सहायक प्र.अ. तारा प्रसाद भुसाल र प्र.अ. मान बहादुर पाण्डेले विद्यालयले अवलम्वन गरेका शैक्षिक कार्ययोजना विस्तृत प्रस्तुत गर्नुका साथै उपस्थित सम्पूर्ण अभिभावकहरुलाई हार्दिक धन्यवाद एवम् धन्यवाद ज्ञापन गर्नुभएको थियो।





