भू.पू. शैनिक पेन्सन क्याम्पका प्रमुखद्धारा विद्यालयमा अवलोकन

मिति २०८१/०५/३० गते आइतबारका दिन यस विद्यालयमा भारतीय राजदूतावास अन्तर्गत भू.पू. शैनिक पेन्सन क्याम्पका प्रमुख नविन सिँह कुँवरद्धारा अवलोकन भ्रमण कार्य सम्पन्‍न भयो। सो क्रममा भारतीय राजदूतावासबाट विद्यालयमा गरिएका सहयोग प्रति विद्यालयका प्र.अ. मान बहादुर पाण्डेले हार्दिक धन्यबाद तथा आभार प्रकट गर्नुभयो। त्यस्तै दूतावासको तर्फबाट नविन सिँह कुँवर र जिल्ला क्याम्प अर्घाखाँचीका प्रमुखले पसन्‍नता प्रकट गर्नुभयो र सो क्रममा विद्यालयलाई आगामि दिनहरुमा सहयोग, लगानि र सम्बन्धको बारेमा समेत वार्तालाप भएको थियो। साथै प्र.अ. मान बहादुर पाण्डेले मायाको चिनो (Token of Love) पनि प्रदान गर्नुभएको थियो।